हामी
सबैलाई थाहा भएको कुरा हो कि पुरुषको यौन उत्तेजनालई निरन्तरता दिन सकिए
यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक
प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई वीर्य भनिन्छ । एकपल्ट
वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति)
वीर्य निस्कन्छ । यही वीर्यमा शुक्रकीटहरू हुन्छन् । तपाईंलाई थाहा होला,
मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य
अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त
मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाईमिस
(अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ
भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।
वीर्यको रंग सामान्यत: सेतो हुने भए पनि हल्का पहँेलो वा खरानी पनि हुन
सक्छ । यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ । वीर्य स्खलन
हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ ।
रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण
तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा
बनेको शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेको हुन्छ र वीर्यस्खलन हुँदा
रस सँगसँगै बाहिर निस्कन्छ ।
वीर्य किन खाइन्छ ?
सामान्यत: प्रकृतिले यसलाई
योनिमा राखियोस् भन्ने ध्येय राखेको हुनुपर्छ, त्यसैले यो त्यति मीठो वा
स्वादिलो हुँदैन । धेरैजसो व्यक्तिलाई यसको स्वाद वा गन्ध मन नपर्न सक्छ ।
केही व्यक्तिलाई यस किसिमको यौन क्रियाकलापले यौन आनन्द प्राप्त गर्ने
सहयोगी भूमिका खेलेको हुनाले नै यसप्रति लालायित हुन्छन् ।

Comments
Post a Comment