भदौ २१ – मोबाइलको ब्याट्री बिस्तारै
कमजोर हुँदै गएको छ कि छैन भनेर थाहा पाउन सजिलो छ । किनकी ब्याट्री कमजोर
हुँदै गएपछि चार्ज गर्दा पनि धेरै बेर टिक्दैन । तर कमजोर हुँदै गएको
ब्याट्री अझै कति समयसम्म चलाउन सकिन्छ भन्ने थाहा नभएको हनुसक्छ । यसले
गर्दा तपाईले केही महिना चल्ने ब्याट्री पनि फाल्न सक्नुहुन्छ ।
तर चार्ज गर्दा पनि धेरै बेर टिकेन भनेर
ब्याट्री तत्काल फेर्न भने पर्दैन । कमजोर बन्दै गएको ब्याट्री थप केही
महिना चल्न पनि सक्छ । ब्याट्री अझै कति महिनासम्म चलाउन सकिन्छ भन्ने कसरी
थाहा पाउने ? यो सजिलोसँग थाहा पाउन सकिन्छ ।
लिथियम
ब्याट्री हरेक पटकको चार्जपछि बिस्तारै कमजोर हुँँदै जान्छ । ब्याट्री अलि
अलि फुल्न थालेपछि ब्याट्री कमजोर बन्दै गएको बुझ्नु पर्छ । मोबाइलको
ब्याट्री कुनै पनि समतल टेबुल वा जमिनमा घुमाउने खोज्दा सजिलैसँग घुम्छ भने
त्यो ब्याट्री बिग्रिएको भनेर बुझ्नु पर्छ ।
यस्तै ब्याट्रीको चार्ज चाँडै सकिन्छ भने
ध्यान दिनुपर्छ । यदी ब्याट्रीको चार्ज चाँडै सकिन्छ भने त्यो ब्याट्रीको
आयु सकिन लागेको भनेर बुझ्नु पर्छ । तपाई एन्ड्रोइड फोन प्रयोग गर्नु हुन्छ
र आफ्नो मोबाइलको ब्याट्रीको अवस्था विस्तृतमा थाहा पाउन चाहनु हुन्छ भने
सजिलो तरिका छ । यसका लागि *#*#4636#*#* मा डायल गर्नुपर्छ । डायल गरेपछि
तपाईं सर्भिस मेन्युमा जानुपर्छ, जहाँ ब्याट्रीको बारेमा विस्तृत जानकारी
पाइन्छ ।
यदी
यो सुविधा तपाईको मोबाइलमा छैन भने गुगर प्ले स्टोरबाट ब्याट्री एप
डाउनलोड गर्नुपर्छ । यो ब्याट्री मोनिटरिङ एप हो । यसले ब्याट्रीको भोल्टेज
र तापक्रमसहित ब्याट्रीका बारेमा सबै जानकारी दिन्छ । कुनै पनि ब्याट्री
एक वर्ष चलाइसकेपछि ध्यान दिनुपर्छ । किनकी एक वर्षपछि ब्याट्री बिस्तारै
कमजोर हुँदै जान्छ ।
Comments
Post a Comment