यौन चाहाना मानवीय गुण नै हो । तर
यसको पनि सीमा हुन्छ । कतिपय मानिसमा धेरै यौन चाहाना हुन्छ भने कतिपय
ब्यक्तिमा कम । तर कतिपय ब्यक्तिमा भने अप्राकृतिकरुपमा नै चाहिने भन्दा
बढी यौन आसक्ति रहेको पनि पाइन्छ । अप्राकृतिक स्तरमा सेक्सको अत्याधिक
चाहाना हुनुलाई सेक्स एडिक्सन् भन्ने गरिन्छ ।
हालै मात्र हलिउडका कतिपय सेलिब्रेटीहरुले आफूलाई सेक्सको लत नै लागेको स्वीकार गरेका छन् ।
केही समय अघि मात्र विश्व नम्बर १
गल्फ खेलाडी टाइगर उड्स अर्का सेलिब्रेटी रसेल ब्राण्ड र क्यालीफोर्नियाका
कलाकार डेभिड डुन्चोभ्नीले आफूलाई सेक्सको लत नै लागेको बताएका थिए ।
त्यसैगरी अष्ट्रलियन आइडोल विजेता
क्यासी डोनोभानले शुभचिन्तकहरुलाई निराश पार्दै आफू प्रत्येक २ दिनमा
मान्छे फेरेर सुत्ने गरेको बताएकी थिइन् ।
उनले आफू सेक्सको दुष्चक्रबाट कसै गरी बाहिर आउन नसकेको स्वीकार गर्दै ट्वीट समेत गरेकी थिइन् ।
जसलाई यौन आशक्ति छ उसलाई थाहा
नहुन पनि सक्छ कि अरुलाई यस्तो हुन्छ कि हुँदैन भनेर । मदिरा वा अन्य लागु
औषधको लत जस्तै यौनको लत लाग्यो
भने यसलाई दुर्व्यसनीको स्तरमा नै बुझिन्छ ।
अमेरिकाको क्यालिफोर्निया
विश्विद्यालयले गत गर्ष गरेको अध्यनका क्रममा सेक्सको लतमा रहेका भनिने
ब्यक्तिमा यौन चाहाना अत्याधिक हुने गरेको र यो चाहाना सामान्य मानिसमा
भन्दा धेरै मात्रामा हुने गरेको निष्कर्ष निकालेका थिए ।
अष्ट्रेलियाको सिड्नीमा कार्यरत
सेक्सोलोजिष्ट तान्या कोयन्सले सेक्स एडिक्सनलाई ब्यक्तिगत जीवनमा हानी
गर्ने र पढाइ वा कामलाई समेत बाधा गर्ने स्तरको यौन चाहानाकोरुपमा ब्याख्या
गर्छन् ।
चिकित्सकहरुले ५ लक्षण विचार गरेर
यौन दुरव्यसनी भए नभएको पत्ता लगाउन सकिने बताएका छन् । यदि तपाइँमा पनि तल
उल्लेखित समस्या छन् भने सम्झनुस् तपाइँलाई पनि सेक्स एडिक्सनको समस्या छ ।
५ लक्षण यस्ता छन् ।
१ तपाइँ निराश भएको बेला, तनाव
हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम
नै चाल्नु हुन्छ भने यो सेक्स एडिक्सनको संकेत हो ।
२ महत्वपूर्ण काम गरिरहेको समयमा
वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा
यौन जन्य गतिविधी गर्नु हुन्छ भने यो पनि
त्यसकै लक्षण हो । जुन कुरा यौन सम्बन्धी छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।
३ यदि तपाइँ अपरिचित ब्यक्तिसँग
पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस्
तपाइँमा समस्या छ । निकटसँग यौनजन्य ब्यवहार
स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।
Comments
Post a Comment