एजेन्सी/
परिबर्तनशिल समय संगै आधुनिक समाजमा मागी विवाह भन्दा प्रेम बिबाह धेरै
हुने गरेको पाइन्छ । तर यदि तपाईहरु मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने
केही महत्वपुर्ण प्रश्नहरु युवतीलाई सोध्नुहोस् ।
एक अर्काको आनीबानी थाहा पाउन वर्षौंसम्म
लाग्न सक्छ । तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भर मै हुने
वाला जीवन साथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नु हुन्छ ।
यसले तपाईको जीन्दगीमा नयाँ मोड ल्याउन सक्छ । विहे गर्नु भन्दा पहिला महिलालाई सोध्नुपर्ने प्रश्नहरु यस प्रकार रहेका छन् ।
१- फ्यूचर प्लानिङको बारेमा पनि छोटो
प्रतिक्रिया लिनुहोस् । उसको पहिलो प्राथमिकता के हो ? भन्ने पनि
बुझ्नुहोस् । याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो
प्रतिक्रिया नै महत्वपूर्ण हुनसक्छ ।
२- सबै भन्दा पहिला केटीको शिक्षाको
बारेमा जरुर सोध्नुहोस् । सफल जीवनको पहिलो कडि नै शिक्षा हो । भनिन्छ घरमा
महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ ।
३- आर्थिक मामलामा उनको धारणा के हो त्यो
पनि बुझ्नु होस् । तपाईको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका
पहिलो र महत्वपूर्ण हुने गर्छ । तर याद गर्नुहोस् मनी माइन्डेट युवति छ
भनेपनि तपाईको जीवन सफल नहुन सक्छ ।
४- उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ
जरुर सोध्नुहोस् । उसका साथीहरु कस्ता कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ
। उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला विद्यालयहरु पनि हो । किनकी उसको
बाल्यकाल त्यही बितेको छ ।
५- त्यसपछि एकअर्काको रुचीहरुको बारेमा
सोध्नुहोस् । रुची हेर्दा सानो सानो देखिएपनि मानिसको संस्कार र
संस्कृतिसँग जोडिएर आएको हुन्छ । तपाई यसलाई कमजोर सोच्दै नसोच्नुस् । एक
अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ ।
Comments
Post a Comment