एसएमएस पठाउन अब टाइप गर्नु पर्दैन, बोले पुग्छ


मंसिर २१ – एन्ड्रोइट स्मार्टफोनमा आएका एसएमएस पढेर सुनाउने तथा आफूले बोलेरको कुरा टाइप गरेर एसएमएस पठाउन सकिन्छ । यसका लागि मोबाइलमा गुगल नाव एप इनस्टल गर्नु पर्छ ।
यो एप इनस्टल गरेपछि यसले मोबाइलमा आएका एसएमएस पढेर सुनाउने तथा बोलेको कुरा टाइप गरेर एसएमएस पठाउन सकिनेछ । एप डाउनलोड गरेको दुई चार दिनमा स्मार्टफोनले प्रयोकर्ताको आवाज पहिचान गरेपछि यसबाट सजिलोसँग एसएमएस सुन्न तथा बोलेको कुरा एसएमएसको रुपमा पठाउन सकिनेछ । यसका लागि स्मार्टफोनको एन्ड्रोइड डिभाइसको अपरेटिङ सिस्टम ५ दशमलव १ वा त्यो भन्दा पछिको हुनुपर्नेछ । गुगल नावलाई सबै निर्देशन अंग्रेजीमा दिनुपर्नेछ । यो एपमा गएर ओके गुगल, सो मी माइ म्यासेजेज भनेपछि एपले पछिल्ला पाँच वटा एसएमएस पढेर सुनाउने छ ।
यदी तपाई कुनै एसएमएसको जवाफ दिन चाहनु हुन्छ भने रिप्लाइ भनेर आफ्नो एसएमएस बोल्नु पर्छ । एपले तपाईंले बोलेको कुरा टाइप गरेर एसएमएसको रुपमा सम्बन्धित व्यक्तिलाई पठाइदिन्छ । एपले एसएमएस टाइप गरिसकेपछि सेन्ड भनेपछि मात्रै एसएमएस सम्बन्धित व्यक्तिकोमा जान्छ । 

– एजेन्सीको सहयोगमा

Comments