काठमाडौं, मंसिर २५ – अपराधमा सूचना
प्रविधिको प्रयोग बढेसँगै त्यसलाई नियन्त्रण गर्न प्रहरीले ‘डिजिटल
फरेन्सिक’ प्रविधिको प्रयोग सुरु गरेको छ ।
साठीऔँ अपराध अनुसन्धान दिवसको अवसरमा
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धान विभाग, प्रहरी
प्रधान कार्यालयमा बिहीबार यो प्रविधि शुभारम्भ गर्नुभयो ।
फेसबुक, इमेल, इन्टरनेट, मोबाइल,
ल्यापटपजस्ता प्रविधिको अनुगमन र अनुसन्धान गर्न ‘डिजिटल फरेन्सिक’ प्रविधि
उपयोगी हुनेछ । फेसबुक, मोबाइल, इमेलमार्फत हुने साइबर अपराध रोकथाम गर्न र
प्रयोग भएका सामग्रीको अनुसन्धान गर्न यो प्रविधिको प्रयोग गरिनेछ ।
महानिरीक्षक अर्यालले प्रहरीलाई
आधुनिकीकरण गर्ने प्रक्रियाको सुरुवातका रूपमा यो प्रविधि भित्र्याइएको
बताउनुभयो । अहिले भइरहेको अपराधका घटनामा ९० प्रतिशतभन्दा बढी घटनामा
कुनै न कुनै माध्यमका सूचना प्रविधिको प्रयोग जोडिएको देखिएकाले अहिले
प्रहरीले भित्र्याएको नयाँ प्रविधिमार्फत ती घटनाको अनुसन्धान गर्न सहज
हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – “अहिले अपराधीले
सङ्गठित समूह निर्माण र नयाँ प्रविधिको प्रयोग बढाएका छन् । हामीले पनि
अन्तर्राष्ट्रिय रूपमा सङ्गठित भएर नयाँ प्रविधिको प्रयोग बढाएरमात्रै
त्यसको
गृहमन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले
प्रहरीले नयाँ चुनौतीको सामना गर्न यसै अनुरुपको अत्याधुनिक प्रविधिको
प्रयोग बढाउनुपर्ने बताउनुभयो । रासस
Comments
Post a Comment