भारतको वर्षव्यक्ति गाई !


cow-generic
अग्रणी इन्टरनेट सर्च इन्जिन याहुको सन् २०१५ मा भारतको सर्वश्रेष्ठ व्यक्तित्वको सूचिमा प्रधानमन्त्री मोदी लगायतका घघडान मान्छेलाई पछि पार्दै गाई एक नम्बरमा आएको छ ।
याहुले एक विज्ञप्ती जारी गर्दै यो जानकारी दिएको छ । उसका अनुसार अनपेक्षित रुपमा गाइले धेरै नामी हस्तीहरुलाई पछारेर वर्षको सर्वश्रेष्ठ व्यक्तित्वको उपाधि हासिल गरेको छ ।
याहुले सन् २०१५ मा सबैभन्दा चर्चित रहेका विषय, घटना लगायतको वाषिर्क समीक्षाको रुपमा यो सूचि जारी गरेको हो ।
याहुले भनेको छः यसको सुरुवात महाराष्ट्र सरकारद्धारा राज्यमा गाइको मासुको बिक्रिमा प्रतिबन्ध लगाएको घटनाबाट भएको छ, जसको बारेमा इन्टरनेटमा निकै विवाद मच्चियो ।
दादरी हत्याकाण्ड, अवार्ड फिर्ता घटना तथा असहिष्णुताको मुद्दा लगायतका कारणले गर्दा गाई शीर्ष स्थानमा पुग्न सफल भएको याहुले जनाएको छ ।
उता गुगलमा जस्तै याहुमा पनि सर्वाधिक खोजी गरिएको व्यक्तिमा पूर्व पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोन शीर्ष स्थानमा चौथो वर्ष पनि पर्न सफल भएकी छिन् । क्याटरिना कैफ दोश्रो र दीपिका पादुकोण तेश्रो स्थानमा रहेका छन् । पुरुषमा सलमान खानको खोजी सबैभन्दा बढि भएको छ ।
राजनेतामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई याहुमा सर्वाधिक खोजिएको छ । समाचारको श्रेणीमा इस्लामिक स्टेट पहिलो नम्बरमा रहेको छ भने सन् २०१५ मै निधन भएका पूर्व राष्ट्रपति अब्दुल कलाम दोश्रो र आइसीसी विश्वकप क्रिकेट तेश्रो स्थानमा रहेका छन् । खेलाडिको सूचिमा क्रिकेट कप्तान महेन्द्रसिंह धोनी पहलिो नम्बरमा छन् । त्यस्तै फिल्ममा बाहुबली सबैभन्दा बढि खोजिएको छ । एजेन्सीको सहयोगमा

Comments