
पुस
५ – समान्यतया एप्पलको आइफोनका मूल्य ६० हजार भन्दै धेरै नेपाली रुपैयाँ
पर्छ । तर आइफोन एक अमेरिकी डलर अर्थात झण्डै एक सय नेपाली रुपैयाँमा
पाइन्छ भन्दा पत्याउन गाह्रो हुन्छ ।

तर अनलाइन स्टोर
वेष्ट बाइले
एक अमेरिकी डलरमा १६ जिबी क्षमताको आइफोन सिक्स र सिक्स एसको बिक्री
गरिहेको छ । शुक्रबारदेखि सुरु भएको तीन दिने योजना अन्तर्गत एक अमेरिकी
डलरको दुई वर्षे किस्तामा आइफोन सिक्स र सिक्स एस बिक्रीका लागि अनलाइन
बुकिङ गरिहेको छ ।

अनलाइन
बुकिङ आइतबार सकिने छ । यसरी एक डलरको दुई वर्षे किस्तामा आइफोन किन्दा
झण्डै एक सय ९८ अमेरिकी डलर बचत हुने वेष्ट बाइले दाबी गरेको छ । आफोन
सिक्स एस सिल्भर, गोल्डेन, स्पेस ग्रे र रोज गोल्ड गरी चार रंगमा उपलब्ध
गराएको छ । यस्तै आइफोन सिक्स स्पेस ग्रे रंगमा उपलब्ध रहेको वेष्ट बाइले
जनाएको छ । यी सबै आइफोन दुई वर्षको किस्तामा किन्ता दुई सय अमेरिकी डलर
मात्रै पर्नेछ ।
Comments
Post a Comment