प्रयोकर्ताले आफ्नो प्रोफाइलमा सही नाम नै
राखुन् भन्ने फेसबुकको चाहना छ । फेसबुकले अमेरिकामा केही फेरबदल गरेर सही
नामबाटै एकाउन्ट खोलाउने कोसिस गरिरहेको छ ।
फेसबुकमा
आफ्नो नाम सही गर्न वा बदल्न सजिलो छ । तर त्यसका लागि फेसबुकको निमय
पालना भने गर्नुपर्छ । यसका लागि सेटिङमा गरएर नेममा क्लिक गर्ने । त्यसपछि
नाम लेखेर रिभ्यु चेन्जमा क्लिक गर्नु पर्छ ।
यती गरेपछि पासवर्ड हानेर सेभ चेन्जमा
क्लिक गरेपछि नाम परिर्वन हुन्छ । तर पटक पटक नाम परिवर्तन गर्न भने समस्या
हुन्छ । दुई महिना एक पटक मात्रै नाम परिवर्तन गर्न पाइने फेसबुकको हेल्प पेजमा उल्लेख गरिएको छ । फेसबुकको नियम अनुसार केही नाम राख्न पाईंदैन ।
धेरैले फेक एकाउन्ट बनाउ सक्ने भएकाले यस्ता नामलाई प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ । नामबारेको निर्देशिका यहाँ क्लिक गरेर हेर्न सकिन्छ । प्रयोगकर्ताको संख्या बढेसँगै फेसबुकले नाम राख्ने नियममा परिवर्तन गर्दै लगेको छ ।
Comments
Post a Comment