तर एन्ड्रोइड तथा आइओएस फोन चलाउनेहरुले
पोस्ट गरेको केही समयपछि आफै म्यासेज आफै डिलिट हुने एप प्रयोग गरेर
समस्याबाट बच्न सक्छन् । यसका लागि यस्तो एप मार्फत समाजिक सञ्जालमा
म्यासेज पोस्ट गर्नुपर्छ । एन्ड्रोइड तथा एप्पल फोनमा धेरै यस्ता एप
भेटिन्छन् जसबाट आफै डिलिट हुने खालका म्यासेज पठाउन मिल्छ ।
यस्तै मध्येको एक एप हो काबुम ।
यो एन्ड्रोइड तथा एप्पल फोनमा राख्न मल्छि । यो एपको सहयोगले स्मार्टफोनको
म्यासेजमा कति समयपछि डिलिट हुने भनेर टाइमर राख्न सकिन्छ । त्यसपछि
सामाजिक सञ्जालमा म्यासेज शेयर गर्न सकिन्छ ।
यसका
माध्यबाट कति पटक हेरेपछि त्यो म्यासेज डिलिट हुने भनेर पनि राख्न सकिन्छ ।
यस्तै अर्को एप हो विकर । यसको प्रक्रिया पनि काबुमको जस्तै हो तर यसबाट
क्लाउडमा स्टोर गरेको फाइल पनि शेयर गर्न मिल्छ । तर यस्तो एप प्रयोग
गरेपछि स्क्रिनशट लिन पने सकिँदैन ।
अंसा म्यासेन्जर प्रयोग गरियो भने म्यासेज पठाएको केही दिनपछि हटाउन मिल्छ । गेट कनफिड, ११ बिप
तथा टाइगर टेक्स्ट यस्तै खालका एप हुन् । यदी आफ्नो तस्बिर यस्तै गरी
डिलिट गर्न चाहेमा इन्स्टाग्रामको बोल्ट प्रयोग गर्न सकिन्छ । इमेलमा यस्तै
सेवा चाहिएको छ भने डिमेल प्रयोग गर्न सकिन्छ ।
Comments
Post a Comment