प्रजनन् स्वास्थ्यका बारेमा जानकारी दिने एप



मंसिर ७ - महिलाको प्रजनन् स्वास्थ्यका बारेमा जानकारी दिने एप तयार भएको छ । महिनावारीदेखि लिएर गर्भधारणसम्मका जानकारी यो एप मार्फत लिन सकिने छ ।
क्लू नाम दिइएको यो एपले प्रजनन् स्वास्थ्यको बारेमा निगरानी राख्नेछ । प्रजनन् स्वास्थ्यमा आएको बद्लावका बारेमा यो एपले पूर्वानुमान लगाउन सक्ने छ । 
यसलाई सन् १९६० को दशकमा गर्भनिरोधक चक्कीको खोजसँग तुलना गरिएर पनि हेरिएको छ । गर्भनिरोधक चक्कीको अनुसन्धानले १९६० को दशकमा शरीरिक सम्पर्क र सामाजिक व्याहारमा क्रान्ति ल्याएको थियो ।  
यो ऐप त्यस्ता धेरै किशोरीहरुले प्रयोग गर्न सक्नेछन् जसलाई आफ्नो स्वास्थ्य र महिनावारीका बारेमा केहि थाहा हुँदैन । यो एप निःशुल्क डाउनलोड गर्न सकिने छ । डेनमार्ककी इडा टिनको अवधारणामा यो एप बनाइएको हो । जसको १ सय ८० भन्दा बढी राष्ट्रका महिलाले प्रयोग गर्न सक्ने इडाले बताएकी छिन् । 

-एजेन्सीको सहयोगमा

Comments