केही मानिसको शोख कति भयानक हुन्छ की
उनीहरु त्यो शोख पूरा गर्नका लागि आफ्नो ज्यानलाई जस्तोसुकै पीडा दिन तथा
कुरुप बनाउन तयार हुन्छन् । आफ्नो घरमा पालेको सुगाप्रति यतिधेरै पागल भएका
एक पुरुषले आफुलाई पनि उक्त सुगाजस्तै बनाउनका लागि आफ्ना दुइवटै कान
काटेर बुच्चो बनाएका छन् ।
त्यतिमात्र होइन अब उनले आफ्नो नाकको
सर्जरी गरेर सुगाको ठोँड जस्तै बनाउने योजना समेत बनाएका छन् । उनले अज्ञात
अस्पतालमा ६ घण्टाको अपरेशनमार्फत आफ्ना दुबै काट कटाएका थिए । यसरी कान
कटाउने अप्रेशन बेलायतमा अवैध मानिन्छ र सर्जनलाई कारवाही हुने भएकाले उनले
सर्जरी गरिएको ठाउँ र डाक्टरको विषय गोप्य राखेका छन् ।
बेलायतको ब्रिस्टोलका बासिन्दा ५६ वर्षीय
टेड रिचार्डसनले जिउमा ११० वटा टाटु खोपिसकेका छन् । उनले जिउमा थप ५० वटा
प्वाल पारेर सियो रोप्नुका साथै जिब्रो समेत चिरेका छन् । अब उनी यस्तो
सर्जनको खोजीमा छन् जसले उनको नाकलाई चराको ठोँड जस्तो बनाइदियोस् ।
जुत्ता कारखानाका अवकाशप्राप्त कर्मचारी
रिचार्डसनले आफ्नो घरमा ५ वटा सुगा पालेका छन् । सुगुरका साथै उनको घरमा
हरियो छेपारो र कुकुर पनि पालिएको छ । सुगाहरुको नाम इली, टीका, टिम्नेह,
जेक र बुबी राखेका छन् ।
सन् १९७६ मा पहिलोपटक जिउमा टाटु खोपाएका
उनको जिउमा सद्धे ठाउँ कतै पनि छैन र केही न केही मोडिफिकेसन गरेकै छन् ।
उनले बायाँ पाखुरामा साढे ७ सय डिग्री सेल्सियस तातो फलामले डामेर टाटु
बनाएका छन् भने हातमा दुइवटा चुम्बक प्रत्यारोपण गरेका छन् ।
आफ्नो अनुहारको परिवर्तन अर्थात्
सुगास्वरुप आफ्ना दुइ सुगाहरु इली र टीकाप्रति समर्पित गर्ने उनको भनाइ छ ।
आफु आफ्नो यस्तो स्वरुपप्रति निकै खुसी रहेको उनको दाबी छ । उनले हालै
गर्लफ्रेण्ड पनि भेट्टाएका छन् । ३१ वर्षकी प्रेमिका सुजाना पनि लगभग उनकै
आनीबानीकी छिन् । उनले पनि जिउमा टाटु तथा सियो खोप्नुका साथै जिब्रो
चिरेकी छिन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Comments
Post a Comment