यो कुरा सत्य हो की यदि आत्मविश्वास तथा अठोट हुन्छ भने कुनैपनि कठिनाइले तपाइँको बाटो छेक्न सक्दैन । २३ वर्षकी यी सुन्दरीको हकमा पनि यहीँ सत्य लागु हुन्छ । जन्मैदेखि दुवै खुट्टा नभएकी यी युवती अहिले सेलिब्रेटी मोडेल बनेकी छिन् । उनको एक दिनको कमाइ अहिले १ हजार डलर भन्दा बढि छ ।
अमेरिकाको लस एन्जल्सकी बासिन्दा कान्या
सेसर पेशाले मोडेल हुन् । विभिन्न ब्राण्डका लुगाहरुको विज्ञापनका लागि उनी
मोडलिंग गर्दै आएकी छिन् । उनका दुवै खुट्टा छैनन् । अझ भनौँ खुट्टाको
नामोनिसानै छैन । कम्मर माथि सबै ठीकठाक छ सरीर । तर कम्मर मुनि खुट्टाको
नाउँमा केवल दुइवटा डल्ला मात्र छन् ।
थाइल्याण्डमा जन्मिएकी कान्याले आफ्नो
जिवनको पूर्वार्धमा निकै दुख पाइन् । थाइल्याण्डका बौद्ध मन्दिर बाहिर
मागेर गुजारा गरिन् र सडकमै उनको बास भयो । उनी जन्मेको १ महिनामै उनका
बाबुआमाले उनलाई मन्दिर बाहेर छाडेर भागेका थिए । पाँच वर्षसम्म उनी त्यहीँ
बसिन् तर भाग्य चम्किन बेर लागेन । उनी पाँच वर्षको हुँदा एक दयालु
अमेरिकी दम्पतिले उनलाई अपनाए र अमेरिकी लगे । उनको पालनपोषण गरेर हुर्काए ।
आज उनी अमेरिकाको लस एन्जल्समा धूम मच्चाइरहेकी छिन् ।
कान्याले १५ वर्षकी हुँदा पहिलोपटक
फोटोशूट गराएकी थिइन् । त्यसपछि उनलाई पहिरनको मोडलिंगका लागि ठूला ठूला
ब्राण्डहरुबाट अफर आउन लागे ।
आफु अन्य मानिसहरुभन्दा शारीरिक रुपमा
भिन्न भएपनि खुसी रहेको कान्या बताउँछिन् । सेक्सी देखिनका लागि आफुलाई
खुट्टाको कुनै आवश्यकता नरहेको उनी बताउँछिन् । उनी समुद्री तटमा जान्छिन् र
मजा लिन्छिन् । स्केट बोर्डमा पनि स्टन्ट गर्छिन् र खुलेर, हँसमुख जिन्दगी
बिताइरहेकी छिन् । साँच्चीकै उनको यो साहस र अठोट सलाम गर्नलायक छ ।
उनको शारीरिक अवस्थाले उनको प्रेम
सम्बन्धलाई पनि रोक्न सकेको छैन । अहिले उनी एक युवकसँग प्रेम सम्बन्धमा
छिन् । झण्डै दुइ महिना भयो यी दुइबीच अफेयर चलेको । प्रेमी ब्रायर्न
वाटर्स आफ्नो सबैभन्दा ठूलो फ्यान तथा समर्थक रहेको उनी बताउँछिन् ।
Comments
Post a Comment